Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेपालको संविधान– २०७२ जारी भएको पाँच वर्ष पूरा

नेपालको संविधान– २०७२ जारी भएको पाँच वर्ष पूरा

काठमाण्डौ ३ असोज
नेपालको संविधान– २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ ।
नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । यो बीचमा संविधानले परिकल्पना गरेको संघीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । तर, पनि जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन । निकै लामो समयको प्रजातान्त्रिक प्रक्रिया र नागरिकको मेहनत र संघर्षबाट बनाएको नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट जारी गर्नुभएको थियो । त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउने गरिएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *