Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेताहरुमा कोरोना संक्रमण देखिएपछि आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक २५ गतेका लागि सारियो

नेताहरुमा कोरोना संक्रमण देखिएपछि आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक २५ गतेका लागि सारियो

ललितपुर १९ असोज
पार्टीका केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक २५ गतेका लागि सारिएको छ । बैठककै लागि भनेर गरिएको कोरोना परीक्षणमा केन्द्रीय नेताहरुसहित १७ जनामा कोरोना देखिएको थियो । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल यादव, अजयकुमार चौरसिया र रमेश रिजाल तथा आमन्त्रित केन्द्रीय सदस्यहरु कल्पना चौधरी र शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको थियो । यसका साथै अन्य १० जना सुरक्षाकर्मी र चालकमा पनि संक्रमण देखिएको थियो । असोज १५ गते कांग्रेसले केन्द्रीय नेता तथा उनीहरुका सचिवालयका सदस्य र सुरक्षाकर्मी–कर्मचारी गरी दुईसय ४१ जनाको कोरोना परीक्षण गराएको थियो । कोरोना संक्रमण देखिएकै कारण शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पनि हिजो बसेन । शनिबार नसकिएकाले बैठक हिजो पनि जारी रहने भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *