Thursday, November 21, 2024
Home > मुख्य समाचार > नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बस्ने

नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बस्ने

काठमाण्डौ २३ भाद्र
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ । साउन १३ गते स्थगित भएको बैठक भदौ २६ मा बस्ने सहमति भएको हो । हिजो बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल, केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । अध्यक्षद्वयबीच भएको विवादमा नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ । नेकपाको जारी स्थायी समिति बैठक गत असार १७ गतेपछि ७ पटक स्थगित भएर भदौ २६ का लागि डाक्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *