Saturday, January 18, 2025
Home > मुख्य समाचार > नेकपा सचिवालय बैठक अनिश्चित कालकालागि स्थगित

नेकपा सचिवालय बैठक अनिश्चित कालकालागि स्थगित

काठमाण्डौ १९ असोज

राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  हिजोका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्काे बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक हिजोसम्मका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार, सचिवालयका कर्मचारी र पाँच दर्जन बढी सुरक्षाकर्मीमा एकैपटक कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको हो । प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलेसनमा रहनु भएको छ । उहाँले सबै भेटघाट बन्द गरेपछि हिजो पार्टी सचिवालय बैठक स्थगित गरिएको हो । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले सरकारले हालै गरेका राजनीतिक नियुक्तिलाई लिएर असन्तुष्टि जनाएका छन् । मुख्यसचिव र तीन राजदूतको नियुक्ति पार्टी स्थायी कमिटीको निर्णयको मर्मविपरित भएको भन्दै ती नेताहरुको असन्तुष्टि छ । त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *