Saturday, January 18, 2025
Home > मुख्य समाचार > निषेधाज्ञाले छेकेन सिमापारी आवत जावत गर्न

निषेधाज्ञाले छेकेन सिमापारी आवत जावत गर्न

बिरगंज , १५ भदौ

कोभिड–१९ नियन्त्रणका लागि विभिन्न स्थानमा स्थानीय सरकारहरुले निषेधाज्ञा तथा लकडाउनको घोषणा गरेका छन । तर संक्रमणका जोखिमका बीचपनि प्रदेश २ का सीमावर्ती जिल्ला बारा र पर्साका स्थानीय भने छिमेकी देश भारतको स्थानीयबजारमा किनमेलका लुकीछिपी आउने जाने गरेका छन । चार महिनाको लामो लकडाउन र एक महिना भन्दा बढीको निषेधाज्ञाले आजित बनेको भन्दै प्रहरी प्रशासनको आँखा छली कोरोनाको भयावह बनेको भारतका स्थानीय बजारमा सर्वसाधारणहरु किनमेलका लागि जाने आउने गरेका छन । पर्सा र बारा जिल्लाका सीमावर्ती क्षेत्रमा स्थानीय जिविकोपार्जन गर्न निकै नैं कठिनाई भएको भन्दै जोखिमका बीचपनि सीमापारी जानुपर्ने बाध्यता रहेको बताउछन । चैत्र ११ गते देखिको निषेधाज्ञापछि सिमा नाकामा कडाई गरिनुका साथै शिल गर्न सरकारले पत्रचार गरे पनि पर्सा र बारा जिल्लाका स्थानीयले यसको उलंघन गरिरहेका छन् । निषेधाज्ञा उलंघन बारे बिभिन्न सञ्चार माध्यममा समाचार आएसँगै सशस्त्र प्रहरीका डि.आई.जीले आँफै आएर पर्सा र बारा जिल्लाको सिमाना क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले उलंघन गर्नेलाई कडा कारवाही गरिने जानकारी गराएका थिए । तर , पनि अहिले सम्म यसको कार्यान्वयन भएको देखिदैन । पर्सा जिल्लामा साउन १० गते देखि जारी गरिएको निषेधाज्ञालाई थप कडाई गर्दै नेपाली सेना समेत परिचालन गरिएको छ । बिरगंज बजार पूर्ण रुपमा बन्द रहेको छ । बजार बन्द हुदा स्थानीय लुकीछिपि आफ्ना आफन्त काहाँ आउँने जाने समेत गरेका छन् । बिरगंज बजार बन्द भएकाले दैनिक उपभोग्य बस्तुहरू चामल , दाल , चिनि , तथा कृषि प्रयोजनका लागि किटनाशक औषधि , मल लगायतका सामग्री खरिद गर्नका लागि आँफुहरु चोर बाटो हुँदै लुकी छिपी रक्सौल बजार जान बाध्य रहेको स्थानीयहरूको भनाई रहेको छ । पर्सा जिल्लामा पछिल्लो तथ्याङ अनुसार दुई हजार जना भन्दा बढी कोरोना संक्रमणको चपेटामा परेका छन् भने ३० जना भन्दा बढीको मृत्यु समेत भईसकेको छ । उता भारतको रक्सौलमा भने चोर बाटोबाट नेपाली जनता पुगे पछि बजारमा निकै नैं चहल पहल देखिन्छ । बजारमा किनमेल गरेर उनीहरु फेरि नेपाल फर्किने हुदा संक्रमण उच्च जोखिम समेत थपिएको छ । सम्बन्धित निकायले यस विषयमा समयमैं ध्यान नदिने हो भने पर्सा र बारा जिल्लामा झनै् जिखिम बढ्ने संकेत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *