Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > निजीकरण भएपछि पनि रुग्ण उद्योगमै सिमित भएका उद्योगहरुको अध्यन गरीने मन्त्री भट्टको भनाई

निजीकरण भएपछि पनि रुग्ण उद्योगमै सिमित भएका उद्योगहरुको अध्यन गरीने मन्त्री भट्टको भनाई

काठमाण्डौ १५ असोज
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी उद्योगहरु निजीकरण भएपछि पनि किन रुग्ण उद्योगमै सिमित भए भन्ने सम्बन्धमा अध्ययन सुरु गरिएको बताउनुभएको छ । आफु मन्त्रालयमा आएदेखि अहिलेसम्मको कार्यप्रगति सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले मन्त्रालयका पूर्व सचिवको नेतृत्वमा उच्च स्तरिय समिति गठन गरी निजी क्षेत्रबाट सञ्चालन हुन नसकेका रुग्ण उद्योगको अध्ययन गरिएको बताउनुभयो । विशेषगरी औद्योगिकरणलाई कसरी सन्तुलित ढंगले अगाडि लैजाने भन्ने विषयमा समेत जोड दिने नीति लिइएको उहाँले स्पस्ट पार्नुभयो । मन्त्री भट्टले नेपालमा लगानी आकर्षित गर्ने विषयमा पनि आफुले जोड दिएको दाबी गर्नुभयो । तर कोभिड १९ का कारण लगानी प्रभावित भएको उहाँको भनाई छ । तर पनि आर्थिक वर्ष २०७६÷०७७ मा ३८ अर्ब ८७ करोड बराबरको वैदेशिक लगानी आएको उहाँले बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले वैदेशिक लगानीमा कमि आई १ अर्ब ३९ करोड रुपैयाँमा सिमित भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *