Saturday, January 18, 2025
Home > आर्थिक समाचार > धनकुटाका किसानहरुको ड्रागन खेतीप्रति आकर्षण

धनकुटाका किसानहरुको ड्रागन खेतीप्रति आकर्षण

धनकुटा १ असोज
पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवशायिक उत्पादनलाई जोड दिन भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले यस खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो । ड्रागनका विरुवा महँगो पर्ने हुँदा सबै किसानको पहुँचमा नरहेकाले सरकारले विरुवा र प्रविधिमा सहयोग उपलब्ध गराउनुपर्ने किसानहरु बताउँछन् । यसको खेतीमा सम्भावाना देखेर लागेका किसानलाई स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक विरुवा र प्रविधिमा सहयोग गर्नुपर्ने कृषि विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *