Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने

थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने

काठमाण्डौ १६ असोज

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ । सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकाले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा प्राधिरकणका महानिर्देशक राजन पोखरेलले आफ्नो ग्राउण्ड ह्याण्डलिङ आफै गर्ने गरेका थाइ एयर र एयर इण्डियाको अनुमति फिर्ता लिने बताउनुभयो । अहिले कोरोनाका कारण ती विमान कम्पनीका अधिकारीहरुसँग वार्ता गर्न सम्भव नभएकाले छिट्टै वार्ता गरि अनुमति फिर्ता दिइने उहाँले बताउनुभयो । उहाँले काठमाडौं बेस भएर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालनको अनुमति नदिने पनि उहाँले बताउनुभयो । हिमालय एयरलाइन्सलई नियमाअनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिइएकाले राष्ट्रिय मुद्दा बनाउन नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *