Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तीन जना प्रहरी निलम्बीत

तीन जना प्रहरी निलम्बीत

रौतहट १७ भाद्र

रौतहट प्रहरीको यातनाबाट १९ वर्षिय विजय महराको मृत्यु भएको भनी स्थानीय आन्दोलित भएपछि आज गृह मन्त्रालयले तीन जना प्रहरीलाई निलम्बन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक जना प्रहरी निरिक्षक र प्रदेश २ प्रहरी कार्यालयबाट दुई जना प्रहरी हवल्दारलाई गृहमन्त्रालयको सचिब स्तरिय निर्णयबाट निलम्बन गरिएको हो । साउन ३१ गते राती गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया निवासी २० वर्षिय निरंजन रामलाई घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका बिजय महरालाई यातना दिएको आरोप तीन प्रहरीमा लागेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख रविराज खड्काका अनुसार महरालाई हिरासतमा सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालयमा रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह , प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह रहेका छन् । प्रहरी निरिक्षक सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुँन्जेल सम्मको लागि निलम्वन गरिएको छ भने प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई ६ महिनाको लागि निलम्बन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *