Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > तिहार लगत्तै चलचित्र छायांकन र हल खोल्ने अनुमति दिन नेपाल चलचित्र निर्माता संघलको आग्रह

तिहार लगत्तै चलचित्र छायांकन र हल खोल्ने अनुमति दिन नेपाल चलचित्र निर्माता संघलको आग्रह

काठमाण्डौ २७ कात्तिक
नेपाल चलचित्र निर्माता संघले तिहार लगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो । लक डाउन खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अपहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई नाच्ने गाउने र मनोरञ्जनको क्षेत्रका रुपमा मात्रै सोचेको महशुस आफुहरुलाई भएको उहाँले बताउनुभयो । चलचित्र क्षेत्र मनोरञ्जनसँगै कला, संस्कृति, भेषभूषाको समिश्रण भएको उल्लेख गर्दै उहाँले यस्तो महत्वपूर्ण क्षेत्रलाई राज्यले अपहेलना गरेको बताउनुभयो । अहिले चलचित्र क्षेत्र बन्द हुँदा प्रत्यक्ष रुपमा ३५ हजार र यसक्षेत्रमा आश्रित १ लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उहाँले बताउनुभयो । अहिले लक डाउन खुकुलो भएपनि धेरै क्षेत्रहरु बन्द रहेका छन् । विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ मन्दिर, चलचित्र क्षेत्रहरु लगायत बन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *