Saturday, January 18, 2025
Home > मुख्य समाचार > तपस्वी भनिएका रामबहादुर बम्जनको बारास्थित घरमा प्रहरीद्वारा अदालतको म्याद टाँस

तपस्वी भनिएका रामबहादुर बम्जनको बारास्थित घरमा प्रहरीद्वारा अदालतको म्याद टाँस

सर्लाही ३० कात्तिक

तपस्वी भनिएका रामबहादुर बम्जनको निजगढ नगरपालिका वडा नम्बर–१२ बुङ्गजोर स्थित घरमा प्रहरीले अदालतको म्याद टाँस गरेको छ । आफ्ना अनुयायी माथि हत्या र बलात्कारको आरोप लागेका बम्जनलाई जिल्ला अदालत सर्लाहीमा हाजिर हुन आउनु भन्दै उनको घर र वडा कार्यालयमा इलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले म्याद टाँस गरेको हो । बलात्कार, हत्या, बेपत्ता र शारीरिक तथा मानसिक यातना दिने आरोप लागेका बमजनलाई प्रहरीले चार महिना देखि खोजी गर्दै आएको छ । बालयौन दुरुपयोग मुद्धामा जिल्ला अदालत सर्लाहीले वारेन्ट जारी गरी हाजिर हुन आउन दिएको ३५ दिने म्याद नाघेपनि बम्जन अदालतमा हाजिर हुन नगएपछि प्रहरी टोली उनकै घर पुगी पक्राउ पूर्जी टाँसिएको हो । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बमजनविरूद्ध रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेपछि जिल्ला अदातलले उनीविरुद्ध असार २१ गते वारेन्ट जारी गरेको थियो । प्रहरीले बम्जनको घरका मानिसलाई सूचना टाँसको साक्षी बस्न भनेको थियो । तर उनीहरू नबसेपछि जबरजस्ती नगरी वडाध्यक्षको रोहबरमा कानूनबमोजिम सूचना टाँस गरीएको प्रहरी निरीक्षक विकास थपलियाले बताउनुभयो । घरमा म्याद सूचना टाँसेको ३५ दिनभित्र उनी अदालतमा उपस्थित हुनु पर्नेछ । ३५ दिनभित्र उनी अदालतमा नआए पनि उनीविरूद्धको बलात्कार मुद्दामा सुनुवाइ अघि बढ्ने जिल्ला अदालत सर्लाहीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बमजन विरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माँग गर्दै मुद्दा दायर गरेको छ । यता स्थानीय , घरपरिवार र बाधी श्रवण धर्म संघले भने यसको बिरोध गरेको छ । तपस्वीका विरोधीहरुले विभिन्न आरोप लगाई फसाउन खोजिएको तपस्वीका माईला दाई दिलबहादुर बम्जनको भनाई छ ।
यस्तै बाधी श्रवण धर्म संघले धर्म गुरुलाई फसाउन लागिएको भन्दै बम्जनको संरक्षण गर्ने सुरु गरेको देखिएको छ । बिभिन्न समयमा तपस्वी भनिएका बम्जनलाई योजनाबत्द रुपमा बलात्कार, हत्याको निराधार आरोप मात्र लगाईएको बाधी श्रवण धर्म संघका केन्द्रिय सदस्य भेद बहादुर थिङ्गको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *