Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने महानगरीय प्रहरी प्रमुख पोखरेलको भनाई

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने महानगरीय प्रहरी प्रमुख पोखरेलको भनाई

काठमाण्डौ १९ असोज

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभएको छ ।  प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताउनुभयो । प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोखरेलले कुनै पनि कुरामा कमजोरी गर्न नहुने, व्यवहार र आचरणमा आँच आउने काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो । ट्राफिक प्रहरी अन्य प्रहरीभन्दा व्यक्तित्व, शैक्षिक र क्लोज ट्रेनिङको हिसाबले उम्दो संगठन भएको पनि उहाँले बताउनुभयो । कोभिडको समयमा ट्राफिक प्रहरीले भोग्नुपरेको अफ्ठ्यारो, असहजता र कठिनाई कसैसँग पनि तुलना गर्न नसकिने उहाँले बताउनुभयो । सबैभन्दा बढी वजोखिमा रहेको काम गर्ने राष्ट्रसेवकमा ट्राफिक प्रहरी पनि अग्र स्थानमा रहेको उहाँले बताउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले आफ्नो समस्या लुकाएर भए पनि जनताको सेवामा २४ घण्टामा नै खटिएको बताउनुभयो । उहाँले कोभिड सुरु भएपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन, नागरिकलाई कोभिडबाट बचाउने र जोखिममा रहेर काम गर्ने अधिकृत र जवान एकजुट भएर अगाडी बढीरहेको बताउनुभयो । डिआइजी पोखरेलले हिजो प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवन र हराएका तथा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन सफ्टवेयरको उद्घाटन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *