Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पार्टीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज तीन महिनादेखि प्रभावित 

झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पार्टीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज तीन महिनादेखि प्रभावित 

झापा २२ असोज
झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पार्टीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज तीन महिनादेखि प्रभावित भएको छ । दुईजनाको विवादले गाउँपालिकाका कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैन । साउन, भदौ र असोज (दसैं पेस्की) सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रूपमै ज्ञापनपत्र बुझाएका छन् । तरपनि कर्मचारीहरूको माग सम्बोधन हुन सकेको छैन । माग सम्बोधन नभएपछि कर्मचारीले मंगलबारदेखि सेवा प्रवाह अनिश्चितकालकालागि ठप्प पारेका छन् । कर्मचारकीको आन्दोलनले गाउँपालिकाको कामकाज थप प्रभावित बन्न पुगेको छ ।  गाउँपालिकाको सातौं गाउँ सभाको पहिलो बैठक बिथोलिएपछि दुई पदाधिकारीबिच विवाद उत्कर्षमा पुगेको छ । आर्थिक वर्ष २०७७÷२०७८ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा अध्यक्ष रविन्द्रप्रसाद लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीच बढेको विवादले समस्या भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *