Saturday, January 18, 2025
Home > मुख्य समाचार > झापाको सुखानी शहीद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको वन प्रदेश सांसद बिर्ख प्रधानकै संलग्नतामा फडानी

झापाको सुखानी शहीद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको वन प्रदेश सांसद बिर्ख प्रधानकै संलग्नतामा फडानी

भद्रपुर, झापा ९ असोज

सम्बन्धित निकायको स्वीकृतिबिना झापाका एक प्रदेश सांसदले नै अवैध रूपमा वनको रूख फडानी गरेको खुलासा भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर २ (ख)का प्रदेशसभा सदस्य बिर्ख प्रधानले शक्तिको आडमा सुखानी शहीद स्मृति प्रतिष्ठानको संरक्षणमा रहेको वनमा बिना स्वीकृति रुख काट्नुभएको हो । प्रदेशसभा सदस्य प्रधानले झापाको अर्जुनधारा नगरपालिका ११ स्थित शहिद स्मृति प्रतिष्ठान पार्क परिसरमा रहेको सिसौ जातका ३ वटा रुख बिना अनुमति काट्नुभएको छ । स्थानीय तीनजना मजदुर खटाएर प्रधानले नै रुख कटाएको संलग्न मजदुरहरुले बताएका छन् । प्रधान आफै आएर रुख काट्न लगाएको उनीहरुको भनाइ छ । त्यस्तै सांसद प्रधान सोही ठाउँका स्थानीय रहेको र यसअघि पनि पटक–पटक रुख कटान गर्ने गरेको स्थानीयले बताएका छन् । कहिले पोखरी बिस्तारको नाम रुख काटेर त कहिले हावाहुरीले ढालेको निहुँमा प्रधानले प्रतिष्ठानको सम्पत्तिमा बिगतबाटै हालीमुहाली गर्दै आएकाले यसपालि भने प्रधानको हर्कत सार्वजनीक गर्न आफूहरु बाध्य भएको उनिहरुको भनाई छ । यता सांसद प्रधानले बिना अनुमती रुख काटेको थाहा पाएपछी डिभिजन बन कार्यालय झापाले ढालिएका रुख सो ठाउँबाट उठाउन रोकेको जनाएको छ । कार्यालयले सांसद प्रधानले कतैबाट अनुमती नलिई रुख काटेकाले छानबिन शुरु गरेको भने पनि रुख काटेको ५ दिन बितिसक्दा पनि के के छानबिन भयो बताएको छैन ।  सासंद प्रधानले भने आफूलाई फसाउनलाई बिरोधिहरुले नभएको आरोप लगाएको भन्दै उम्किने प्रयास गर्नुभएको छ । प्रधानले भैँसी चराउन प्रतिष्ठानमा गएको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिनुभएको छ ।  सांसद प्रधान बिगत २ कार्याकालसम्म प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएको थियो । तर, प्रदेशमा निर्वाचित भएयता प्रधान पदमा नरहे पनि छोरा भुवन प्रधानलाई प्रतिष्ठानको कर्मचारीका रुपमा खटाएर प्रतिष्ठानको सम्पतीमा हालीमुहाली गर्दै पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *