Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > झापाका गाउँगाउँमा अब स्वास्थ्य सेवा

झापाका गाउँगाउँमा अब स्वास्थ्य सेवा

भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिकाभित्र धमाधम स्वास्थ्य भवन स्थापना हुन थालेका छन ।

अपाङमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थापनासँगै अन्यत्र उपचार गराउन जाने गाउँबासीको दिर्घकालीन समस्या टरेको छ । गाउँपालिका ६ स्थित बनियानीमा साढे ६ करोडको प्राथमिक स्वास्थ्य केन्द्र र घेराबारीमा साढे १ करोडको स्वास्थ्य चौकी सञ्चालनमा आउने भएको छ । यसैक्रममा बनियानीमा नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्र आज एक कार्यक्रमका बीच कचनकवल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सो प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडको अस्पताल बनाउन स्थानीय सरकारले तयारी गरेको सो अवसरमा जानकारी दिइएको छ । दक्षिणी भेगमा सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य केन्द्र नहुदाँ त्यहाँका बिरामीहरु उपचार गराउन भद्रपुरमा रहेको मेची अस्पतालसहित अन्य अस्पताल धाउनुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *