बिरातनगर ३ भाद्र
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड १९ उपचार केन्द्रको व्यवस्थापन हेर्दै आउनुभएका बस्नेतलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै स्वास्थ्य कार्यालयका अर्का एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । यसअघि सोही कार्यालयका जनस्वास्थ्य निरीक्षकलाई संक्रमण पुष्टि भएको थियो । उनी गोठगाँउ आइसोलेशन केन्द्रमा खटिएका थिए । बस्नेत केही दिनयता क्वारेन्टाइनमा बस्नुभएको थियो । बस्ननेतसहित कार्यालयमा कोरोना संक्रमित कर्मचारीको संख्या तीन पुगेको छ । एक साताअघि संक्रमण देखिएका कर्मचारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । कोरोना संक्रमितको व्यवस्थापनमा नियमित खटिएका कारण कहाँबाट संक्रमण भयो भन्न नसकिने बस्नेतले बताउनुभयो ।