भोजपुर २० भाद्र
जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मास्क र सेनिटाइजर बितरण गरिएको छ । नेपाल निजामति कर्मचारी युनियन संघ जिल्ला कार्य समिति भोजपुरले आफ्नो स्थापना दिवसको अवसरमा हिजो जिल्ला प्रहरी कार्यालय भोजपुरलाई १ हजार २ सय थान मास्क र १० लिटर सेनीटाइजर प्रदान गरेको संघका अध्यक्ष सिताराम ओझाले जानकारी दिनुभयो । कोरोना संक्रमण बढी रहेको अवस्थामा सुरक्षाकर्मीका लागि यस्ता सामाग्री महत्वपूर्ण हुने भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो । कार्यक्षेत्रमा खटिने प्रहरीका लागि कोरोना संक्रमणबाट जोगिन कर्मचारीबाट भएको सामग्री सहयोगले थप मद्दत पुगेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर चन्दले बताउनुभयो ।