Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयबारे सर्वसाधारण वेखबर

जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयबारे सर्वसाधारण वेखबर

बिराटनगर १८ भाद्र

विराटनगरमा हिजो देखि सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सामान्य बनाउने उद्देश्यले हिजोदेखि जोर गते जोर नम्बर प्लेटको सवारीसाधन र विजोर गते विजोर नम्बर प्लेटको सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । तर, जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयबारे सर्वसाधारण भने वेखबर छन् । विराटनगरमा जारी निषेधाज्ञा खुकुलो पार्दै दिउँसो ४ बजेसम्म बजार पसल खुल्ला गर्ने र सवारी साधनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय मोरङले गरेको छ । सवारी साधनमा जोरविजोर प्रणाली पनि लागू गरिए पनि सर्वसाधारण जोरविजोर प्रणालीबारे बेखवर छन् । जोर दिनजोर नम्बर र विजोर दिनविजोर नम्बर प्लेट भएका सवारीसाधनमात्रै सञ्चालन गर्न पाउने निर्णय गरिएको भए पनि जोरविजोर प्रणालीबारे आफूहरू अनविज्ञ भएको विराटनगरका स्थानिय बताउँछन् । विराटनगर–५ का ज्ञानमणि नेपालले आफूलाई जोरविजोर प्रणालीबारे जानकारी नै नभएको बताउनुभयो । विराटनगरस्थित घाँसचोकमा ट्राफिक प्रहरीले बाइक रोकेर साइड लगाएर सोधपुछ गरेपछि मात्रै जोरविजोर प्रणाली लागू भएको जानकारी पाएको नेपालले बताउनुभयो ।  नेपालमात्रै हैन जोरविजोर प्रणालीबारे जानकारी नै नभएको विराटनगर–४ का लीला भण्डारीले बताउनुहुन्छ । भण्डारीले जोरविजोर प्रणाली लागू भएको बारे आफूले कतैबाट पनि जानकारी नपाएको बताउनुभयो । यताजिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पौद्दारले जिल्ला प्रशासन कार्यालय मोरङले हिजै सूचना प्रकाशित गरेर जोविजोर प्रणालीबारे जानकारी दिइसकेको बताउनुभयो । पोद्दारले विभिन्न सञ्चार माध्यममार्फत पनिजोर विजोर प्रणाली लागू भएको जानकारी गराइएको दाबी गर्नुभयो । जोरविजोर प्रणाली लागू गरिएको पहिलो दिन भएकाले आज जोर नम्बर प्लेटका सावरी साधान चलाउनेहरूलाई प्रणालीबारे जानकारी गराएर छाडिएको पोद्दारले बताउनुभयो । भोलिदेखि पनि अटेर गरी जोरविजोर प्रणालीविपरीत सवारीसाधन सञ्चालन गरे कार्वाही गरिने पौद्दारले स्पष्ट पार्नुभयो । एकातर्फ जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २३ गतेसम्म निषेधाज्ञा खुकुलो पार्दै दिउँसो ४ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । अर्कोतर्फ निजी सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *