Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान पछिल्लो समय फोहर फाल्ने थलोमा परिणत

जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान पछिल्लो समय फोहर फाल्ने थलोमा परिणत

काठमाण्डौ २२ असोज
जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान पछिल्लो समय फोहर फाल्ने थलो बनेको छ । रामायण कालमा सीता र रामको स्वयम्बर भएको स्थलको रुपमा परिचित रहेको यस स्थान सरोकारवाला निकायहरुको उदासिनताका कारण अहिले फोहर फाल्ने थलो बनेको हो । धार्मिक आस्थासँग जोडिएको यो ठाउँमा अहिले नगरभरिको फोहर फाल्दा आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । यो स्थानको संरक्षणको जिम्मेवारी लिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको उादसिनताका कारण संरक्षणविहिन मात्रै बनेको छैन फोहर फाल्ने थलोको रुप विकसित हुँदै गएको देखिन्छ । प्रादेशिक अस्पतालको छेउमै रहेको रंगभूमि मैदानले समेत परिचित बाह्र विघामा अस्पतालबाट निस्किने फोहरसमेत फालिने गरेको छ । अस्पतालबाट निस्किने फोहरका कारण रंगभूमि मैदान दुर्गन्धित बनेको छ । भारतबाट आउने श्रद्धालुहरु यस ठाउँको माटो लिएर जाने गरेको स्थानीय ७० वर्षीय जुरी कापरले बताउनुभयो । उहाँले अहिले सो पवित्र ठाउँको अवस्थालाई देखेर मन दुखेको उहाँको भनाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *