Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > चियाको मुल्य निर्धारण गर्न माग गर्दे चिया किसान आन्दोलित

चियाको मुल्य निर्धारण गर्न माग गर्दे चिया किसान आन्दोलित

इलाम १६ भाद्र

चियाको उचित मुल्य नपाएको भन्दै इलामका किसानहरु आन्दोलित भएका छन् ।
स्थानीय तहले तोकेको न्युनतम मुल्यसमेत नपाएको भन्दै इलामको सूर्योदय नगरपालिकाका किसानहरु आन्दोलित भएका हुन् । किसानहरुले संघर्ष समिति नै बनाएर आन्दोलन सुरु गरेका छन् । हिजो जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघिका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरेका छन् । यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफल पछि गतवर्ष नै न्युनतम प्रतिकिलो ४० रुपयाँ मुल्य निर्धारण गरेको थियो । तर सो रकम घटाएर हाल २० देखी ३० रुपया मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफुहरु आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक सोनाम छिरिंग काजीले बताउनुभयो । अन्य किसानहरुले ल्याएको र उद्योगीको आफ्नै बगानको भएपनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन चर्ख कटाएर तयारी चिया नै भएपनि फिर्ता दिनु पर्ने उनीहरुले बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *