Saturday, January 18, 2025
Home > मुख्य समाचार > घरघरमा जडित धारमा पानी झर्न थाले पछि इलाम सोयाकका स्थानिय हर्षित

घरघरमा जडित धारमा पानी झर्न थाले पछि इलाम सोयाकका स्थानिय हर्षित

इलाम २२ कात्तिक

बर्षौँदेखी पानी बोकेर खाने इलाम सोयाकका स्थानिय घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नम्बर ११ सोयाकमा डिप बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीय खुसी भएका हुन् ।  नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० बढी घरपरिवारलाई पानी दिने लक्ष्य राखेको छ । २०७६ साल चैतबाट डिप बोरिङमार्फत पानीको काम हुन थालेपछि स्थानीय हर्षित भएका हुन् । सो खानेपानी आयोजनाको काम भर्खरै सकिएसँगै स्थानीयले घरघरमा पानीसमेत पाएका छन् । पानी आएपछि खुसी थपिएको स्थानीय नरेन्द्रप्रसाद आचार्यले बतानुभयो । नगरपालिकले ११ नबर वडा सोयाकमा डीप बोरिङ प्रविधिबाट पानी निकालिएसँगै स्थानिय खानेपानी सहज हुने भन्दै खुसी भएका छन् । पानी अभावले थलिएका स्थानीयले हाल आवश्यकताअनुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको छ । सुरुमा ६४ घरका लागि मात्र भनेर निर्माण थालिएको भए पनि हाल ८४ घर परिवारलाई पानी बितरण गरिएको वडाध्यक्ष रविन एक्तेनले जानकारी दिनुभयो । उहाँले अब अझै थप गरेर एकसय बढी घर परिवारलाई पानी पुर्याइने बताउनुभयो । उहाँले क्रमिक रुपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिनेसमेत बताउनुभएको छ ।  पानी अभावकै कारण आफू जन्मेको थाकथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सरेका स्थानीयहरु पुनः सोही ठाउँमा आउन थालेका छन् । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेका उहाँले बताउनुभयो । सो क्षेत्रको खानेपानीको संकट टार्न पहाडी क्षेत्रमा डीप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताउनुभयो । वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीयले गाउँ छाड्न थालेपछि गाउँ खाली हुने भएपछि नागरिककाले बोरिङ प्रणालीमार्फत स्थानियलाई पानी बितरण गरेको उहाँले बताउनुभयो । इलाम नगरपालिक र नेपाल सरकारको बिशेस अनुदानमार्फत करिब दुई करोड ४७ लाख बढीको लागतमा निर्माण गरिएको आयोजनामा १ लाख लिटरको एउटा, पचास हजार र १० हजार लिटर क्षमताको एक एक वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । यसको दिगोपनका लागि स्थानीय स्वयम् जुट्न आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *