झापा ११ असोज
गोरु काटेको अभियोगमा झापाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका हुन । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय विर बहादुर दनुवार र बर्ष २७ कै टिकाराम दनुवार रहेका छन । हिजो बिहान उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्दै स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए । घटनाको जानकारी पाएपछि प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कविन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । आरोपीतहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको कार्कीले जानकारी दिनुभयो ।