Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन  सुरु

गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन  सुरु

काठमाण्डौ २४ असोज
गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन हिजो बाट सुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ हिजोदेखि तीन दिन सम्म सञ्चालन हुनेछ । देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्य सहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गर्नुभयो । विदेशमा रहनुभएका एनआरएनहरुसँग विभन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गर्नुभएको हो । पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौति रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासिय नेपालीको साथ आवस्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागि भएका गैह्र आवासियन नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । खासगरी सम्मेलन सूचना प्रविधि, उर्जा, कृषि, यातायात, खाद्य तथा वातावरण लगायत स्वदेशी सरोकारका विषयमा केन्द्रीत हुने पनि उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *