Saturday, January 18, 2025
Home > मुख्य समाचार > खोला नियन्त्रणका लागि प्राप्त भएको ४८ लाख रकम कामै नगरी हिनामिना, दुई दिन काम गरेर आयोजनाको बजेट नै बाँडफाँड

खोला नियन्त्रणका लागि प्राप्त भएको ४८ लाख रकम कामै नगरी हिनामिना, दुई दिन काम गरेर आयोजनाको बजेट नै बाँडफाँड

बारा २५ भाद्र

राष्ट्रिपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन ईकाई भरतपुरको लगानीमा बाराको निजगढ नगरपालिका स्थित लाल खोला नियन्त्रणका लागि भनेर प्राप्त भएको रकम कामै नगरी हिनामिना गरिएको छ । रकम भागबण्डा गर्ने क्रममा समितिका केही सदस्यहरु बिच नैं कुरा नमिले पछि अनियमितताको घटना बाहिरिएको हो । निजगढ नगरपालिका वडा नम्बर १० लाल स्थित लाल खोला र निजगढ नगरपालिकामा रहेको बकैया खोलाका कारण बाराको निजगढ नगरपालिका अन्तरर्गतको वडा नम्बर १० , ११ , १२ र १३ जोड्ने सडक लगभग प्रत्येक वर्ष सार्नु परेको छ । हाल सम्म गरि सो सडक चार पटक वन क्षेत्रमा वन बिनास गरि सारिएको छ । हाल सम्म लगभग ३० हेक्टर वन क्षेत्र कटानका कारण गुमेको छ । जसको दीर्घकालीन नियन्त्रणका लागि अघिल्लो आर्थिक वर्षमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन ईकाई भरतपुरले तटबन्ध गर्न बजेट निकासा गरेको थियो । तर तटबन्ध गर्न आएको करिब ४८ लाख रुपैयाँ तटबन्धको काम नै नगरी स्थानीय , कर्मचारी , उपभोक्ता समिति र जनप्रतिनिधिको मिलेमतोमा भागबन्डा गरेर बाँडिएको छ । काम सम्पन्न नभई सिफारिस दिन नमिल्ने कानुनी प्रवधान भएता पनि निजगढ नगरपालिका वडा नं.१० का वडाध्यक्ष पदमबहादुर मोक्तान कै मिलेमतोमा कार्य सम्पन्न सिफारिस दिए कै कारण काम नैं नगरी भागबन्डा गरेर रकम बाँडिएको देखिन्छ । यसको छानबिन गरिनु पर्ने वडा सदस्य अम्बिर सेक्तानले बताउनु भएको छ । आयोजना अन्तरर्गत नदी नियन्त्रण तटबन्द निर्माणका लागि पाँच सय ९५ थान तारजाली लगाएर चार वटा स्पर निर्माण गर्नु पर्ने हो । तर , खोलामा हुँनु पर्ने तारजालि नैं निर्माणाधीन एक घरमा त्रिपालले छोपेर राखिएको पाईएको छ । जम्मा जम्मी दुई दिन मात्र काम गरेर केही स्थानीयसहिँत उपभोक्ता समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधिको मिलिमतोमा रकम भागबण्डा गरिएको लाल खोला पार्किङ्ग तारजालि तटबन्धन निर्माण समितिका सचिव मेघराज मोक्तानले स्वीकार गर्नुभएको छ । उहाँले निजगढ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदमबहादुर मोक्तानलाई ३० हजार र उपभोक्ता समितिका अध्यक्ष जितबहादुर डिम्डुङ्गलाई ९० हजार दिएको र आँफुले समेत ५० हजार लिएको स्वीकार गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष जितबहादुर डिम्डुङ्गले भने तटबन्द निर्माण गर्न कति रकम आयो र कति खर्च भयो भन्ने बारेमा आँफुलाई कुँनै जानकारी नभएको बताउनुभएको छ । उहाँले आफ्नो भागमा ९० हजार परेको भन्दै सचिव मेघराज मोक्तानले घरमा ल्याएर दिएको भने स्वीकार गर्नुभयो । यता,रकम हिनामिना भएको घटना सार्वजनिक भए पछि स्थानीयले खर्चको हिसाब सार्वजनिक गर्न माग गरेका छन् । के कति काम सम्पन्न भयो भनेर हेर्दै नहेरी बजेट निकासा गर्ने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन ईकाई भरतपुरका कर्मचारीको समेत अनियमिततामा मिलिमतो रहेको स्थानीयको भनाइ छ । जनप्रतिनिधि कै मिलिमतोमा खुल्लम खुला यसरी भ्रष्टाचार भई रहदाँ सम्बधित सरोकारवाला निकायहरु भने अझै मौन रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *