Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गर्यो

खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गर्यो

काठमाण्डौ १८ असोज
खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्क लगायतका क्षेत्रमा सरसफाई गरेको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ लगायतका क्षेत्रमा क्लिनिङले सरसफाई गरेको हो । व्यवसायीक रुपमा नै सरसफाईको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्स लगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्क लगायतका स्थानमा सफाई गर्दै आएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश थापाले बताउनुभयो । अहिले पशुपतिनाथ क्षेत्रमा भिडभाड कम भएकाले सरसफाईमा सहज भएपनि दर्शनार्थीका लागि खुला भएपछि पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सरसफाईका काम अघि बढाइने उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अहिले विभिन्न सेवा क्षेत्र खुला भएपनि पशुपतिनाथ लगायतका धार्मिक स्थलहरु खुला हुन सकेका छैनन । मन्दिर दर्शनका लागि खुला गरेपछि अहिलेको अवस्थामा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि सरसफाईसँगै डिसइन्फेक्सनको काम भइरहेको उहाँले बताउनुभयो ।
खेम्स क्लिनिङका सुपर भाइजर सञ्जु तिवारीले अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जना भन्दा बढी जनशक्ति सरसफाईको काममा खटिएको बताउनुभयो । कम्पनीले सरसफाईमा खटिने कर्मचारीहरुको सेवा सुविधा र स्वास्थ्य जोखिमलाई पनि विशेष ध्यान दिएको छ । अस्पताल क्षेत्रहरुमा सरसफाईको काम गर्दा केही कर्मचारीहरुलाई संक्रमण देखिएको उहाँले बताउनुभयो । कम्पनीले नयाँ बसपार्क क्षेत्रमा पनि नियमित रुपमा सरसफाई गर्दै आएको छ । ‘अहिले पुनः सञ्चालनको तयारीमा रहेका होटल, अस्पताल, बसपार्क, सवारी साधनहरु आदिमा पनि समय समयमा डिस्इन्फेक्सनका लागि पनि ठूलो माग आएको र त्यसै अनुसारका जनशक्तिहरु खटाइरहेको थपाले बताउनुभयो । संस्थाले चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वयंसेवी रुपमा सफाई गरेको थियो । त्यसपछि नेपाल सरकार, विदेशी पर्यटक तथा नेपाल र विश्वमा रहेका नेपालीहरुको उच्च मूल्यांकनका कारण विमानस्थल सफाईमा थप समय सहयोग गरेको खेम्स क्लिनिङले गएको तीन वर्षदेखि नेपालमा व्यावसायिक रुपमा सफाईको काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *