काठमाण्डौ १८ असोज
राष्ट्रिय खेलकुद परिसर (राखेप)ले क्रिकेट खेलाडीहरुको बर्गीकरणबारे नेपाल क्रिकेट संघ (क्यान)लाई स्पष्टीकरण सोधेको छ । राखेपले बिहीबार क्यान अध्यक्ष र सचिवलाई इमेलमार्फत पत्र लेखेर खेलाडी बर्गीकरणको आधार र वर्गीकरणमा नपर्नुको कारण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको हो । क्यानले असोज ६ गते पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर त्यसमा खेलाडीहरुले असन्तुष्टि जनाएका छन् ।