Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने

कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने

बिराटनगर १३ असोज
कोवास कलेज बिराटनगरले कक्षा ११ मा नयाँ भर्ना हुने ४ सय विद्यार्थीहरुलाई २ करोड भन्दा बढीको छात्रवृत्ति बितरण गर्ने भएको छ । कोरोना महामारीले अभिभावक वर्गमा परेको आर्थिक प्रभावलाई न्युन गर्न कलेजले १ सय जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति र ३ सय जना विद्यार्थीहरुलाई आंशिक गरि ४ सय विद्यार्थीहरुलाई २ करोड १३ लाख १५ हजार बराबरको छात्रवृत्ति दिन लागेको हो । कलेजले एसईईमा ३.९० जिपिए ल्याउने ५० जना विज्ञान र ५० जना ब्यब्स्थापन गरि १ सय जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ । त्यसै गरि ३.८५ जिपिए ल्याउने दुबै बिधाका २५ –२५ जना विद्यार्थीलाई ९० प्रतिशत छात्रवृत्ति ,३.८० जिपिए ल्याउने २५–२५ जनालाई ८० प्रतिशत ,३.७५ जिपिए ल्याउने २५ –२५ जनालाई ६० प्रतिशत ,३.७०, ल्याउने लाई २५–२५ जनालाई ५५ प्रतिशत ,३.६५ ल्याउने २५–२५ जनालाई ५० प्रतिशत ,३.६० ल्याउने २५–२५ जनालाई ४५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले यसपालि महामारीलाई ध्यानमा राखदै नाफा नकमाई सेवादिने उदेश्यले छात्रवृत्ति दिन लागेको कलेजका प्रेन्सिपल सुनिलकुमार श्रेष्ठले बताउनुभयो । कलेजले महामारीलाई ध्यानमा राख्दै एउटा बेञ्चमा २ जना मात्र विद्यार्थी राखी सामाजिक दुरी कायम गर्दै पूर्ण सुरक्षाका साथ कक्षा संचालनमा ल्याउने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *