काठमाण्डौ २४ भाद्र
नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताउनुभयो । यस्तै कास्कीमा ७३ वर्षिया महिला, अर्घाखाँँचीमा ४२ वर्षिय पुरुष, बाँकेमा ८० वर्षिया महिला र नवलपरासीमा ६४ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । आज १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको उहाँले बताउनुभयो । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन । आज ९ सय १८ जना डिस्चार्ज भएका छन । आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन ।