एजेन्सी २० भाद्र
कोरोना संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।
सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३ सय स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ । यस्तै, अमेरिकामा १ हजार ७७, बेलायतमा ६ सय ४९, ब्रजिलमा ६ सय ३४ र भारतमा ५ सय ७३ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । कतिपय मुलुकमा त स्वास्थ्यकर्मीको मृत्यु दर्ता नै नभएकाले यो संख्या बढ्नसक्ने एम्नेष्टीको प्रतिवेदनमा उल्लेख छ । महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी सबैभन्दा सुरक्षित रहेर कार्यक्षेत्रमा खटिनुपर्नेमा उनीहरु नै बढी प्रभावित हुनु दुखद भएको एम्नेष्टीका आर्थिक तथा सामाजिक ज्याय मामिला प्रमुख स्टेभ कोकबर्नले बताउनुभयो ।