Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कोरोना संकटका कारण र्चैत्रबाट बन्द भएका भोजपुरका बिद्यालयहरुमा पुन पठनपाठन शुरु

कोरोना संकटका कारण र्चैत्रबाट बन्द भएका भोजपुरका बिद्यालयहरुमा पुन पठनपाठन शुरु

भोजपुर १६ असोज

कोरोना संकटका कारण र्चैत्रबाट बन्द भएका भोजपुरका बिद्यालयहरुमा पुन पठनपाठन शुरु भएको छ । स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गराउँदै कोरोना संक्रमणका कारण बन्द भएका बिद्यालयहरु पुन शुरु भएको बिद्यालयहरुले जनाएका छन । भोजपुर नगरपालिका क्षेत्रका बिद्यालयहरु बिहिवारबाट सुचारु भएका छन । भोजपुर नगरपालिकाले गरेको बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँगको छलफल पछि १५ गतेबाट बिद्यालयहरु खुलाउने निर्णय भएको थियो । बिद्यालयमा पठनपाठन सुचारु गर्न बिद्यालयहरुले समेत आवश्यक तयारी गरेकाले सोही अनुसार बिद्यालय संचालन हुने बिद्योदय माध्यामिक बिद्यालय भोजपुरका शिक्षक खोमराज धमलाले बताउनु भयो । लामो समयसम्म पठनपाठन सुचारु हुन नसकेकाले नगरपालिकाले गरेको निर्णय अनुसार बिद्यालय संचालन गरिएको शिक्षक धमलाको भनाई रहेको छ । सरकारी बिद्यालयका साथै सदरमुकाम र आसपासमा रहेका निजी बिद्यालयहरु समेत संचालन आएका छन । कोरोना संकट हटी नसकेकाले बिद्यार्थीहरुलाई स्वास्थ्यका सामाग्री लगाएर सुरक्षितरुपमा पठनपाठन गराउने विषयमा निजी बिद्यालयहरु समेत सचेत रहेको ती बिद्यालयहरुले जनाएका छन । भोजपुर नगरपालिकाका साथै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बिद्यालयहरुमा समेत गाउँपालिकाको निर्णय अनुसार पठनपाठन शुरु गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *