Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोरोना महामारीका कारण देशभरकै शैक्षिक गतिविधि अन्योलमा रहेको बेला मोरङको देवीझोडास्थित बुद्ध माविद्वारा पठनपाठन सुरु

कोरोना महामारीका कारण देशभरकै शैक्षिक गतिविधि अन्योलमा रहेको बेला मोरङको देवीझोडास्थित बुद्ध माविद्वारा पठनपाठन सुरु

मोरङ ६ असोज

कोरोनाको त्रासले अन्य क्षेत्र विस्तारै चलायमान भएपनि देशैभर विद्यालयको पठन पाठन विद्यायबाट सुरु हुन सकेको छैन ।कोरोना कहरमा अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्योलता रहिरहेको बेलामा मोरङको केराबारी देवीझोडामा रहेको एक विद्यालयले भने आइतबारदेखि विद्यालयमै कक्षा संचालन गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९ देविझोडामा रहेको बुद्ध माविले स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा मापदण्ड पालना गरेर विद्यालय संचालन गर्न थालेको हो । लामो समयदेखि विद्यालय नलाग्दा बालबालिकाको भविष्य के होला भन्ने अन्योल रहेको, विद्यालयको क्याचमेन एरिया देविझोडा मात्र रहेकोले बाहिरका विद्यार्थी आउने सम्भावना नरहेकोलेविद्यालय खोल्नु नै उपयुक्त ठानेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपालमान कार्कीले बताउनुभयो । यद्यपि विद्यालयमै विद्यार्थी ल्याएर पठनपाठन सुरु गर्ने वारेमा भने गाउँपालिकाबाट अनुमति भने नलिएको अध्यक्ष कार्कीले बताउनुभयो । विद्यालय खोल्नुपूर्व शिक्षा समिति, अभिभावकहरुसँग पनि सल्लाह गरेर काम गरेको विद्यालयका प्रधानाध्यापक छविलाल धमलाले बताउनुभयो । विद्यालयले सबै विद्यार्थीलाई, माक्स तथा फेसशिल्डलाई अनिवार्य गरेको छ । विद्यार्थीलाई नियमित रुपमा सावुन पानीले हात धुने व्यवस्था समेत गरेको छ । विद्यालयमा भिडभाड नहोस भनेर कक्षा तीनदेखि मुनिका विद्यार्थीलाई विद्यालयमा बोलाएको छैन । उनीहरुलाई टोलटोलमै पढ्ने व्यवस्था गरिएको छ । हप्तामा दुईदिन पछि पालो आउने गरी रुटिनको व्यवस्था गरिएकोले विद्यालयमा भिडभाड पनि नहुने र कोरोनाको त्रास नरहने विद्यालयको तर्क रहेको छ ।
सुरक्षाको मापदण्ड पूर्ण रुपमा अपनाईएको हुनाले आफूहरु ढुक्क भएर विद्यालय आउने गरेको कक्षा १० मा अध्ययनरत छात्रा दुर्गा बरालले बताउनुभयो । कोरोनाका कारणले लामो समयदेखि विद्यालय लाग्न नसक्दा अभिभावक तथा विद्यार्थीमा अन्योलता कायमै रहेको बेलामा विद्यालय संचालन गरेर अन्योलता कम गर्ने कार्य आफैमा पनि चुनौतीपूर्ण छ । सुरक्षाका मापदण्डलाईअनिवार्य गरिएन भने कोरोना सङ्क्रमण नवढ्ला भन्न सकिन्न । तसर्थ यसका ब्यवस्थापकीय पक्षका वारेमा राम्ररी सोच्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *