काठमाण्डौ १३ असोज
हिजो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । हिजो सुनसरीमा ३८ वर्षिया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै बाँकेमा ४७ वर्षिय र गुल्मीमा ३४ वर्षिय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । हिजो नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ४० जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हिजो देशभरी सक्रिय संक्रमित १९ हजार ६ सय २४ जना रहेका छन । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन । हिजो ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन । हिजोसम्म देशभरी ५४ हजार ६ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन ।