Saturday, January 18, 2025
Home > मुख्य समाचार > कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु

काठमाण्डौ २ असोज
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । हिजो मोरङमा ६४ वर्षिया, चितवनमा ३६ वर्षिया र कैलालीमा ५७ वर्षिया महिलाको मृत्यु भउकोहो । काठमाडौंमा ८७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै हिजोसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हिजो १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा हिजो ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ४, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ । हिजोसम्म संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । हिजो देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना संक्रमित उपचाररत रहेका छन । देशभरी होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन । हिजो आइसियुमा १ सय ८३ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन । हिजो १२ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *