Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > कोरोना भाइरसविरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान

कोरोना भाइरसविरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान

एजेन्सी २२ असोज
विश्व स्वास्थ्य संगठनका प्रमुख डा.टेड्रस अदनोम गेब्रेससले कोरोना विरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने पूर्बानुमान गर्नुभएको छ । उहाँले खोप उपलब्ध भएपछि सामान पहुँचका लागि विश्वभरिका नेताहरुको ऐक्यबद्धता र राजनीतिक प्रतिबद्धता आवश्यक हुने बताउनुभयो । अन्तर्राष्ट्रिय संचारमाध्यामका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख डा. गेब्रेससले संगठनको कार्यकारी परिषद्को बैठकको समापन समारोहलाई सम्बोधन गर्दै यसैवर्षको अन्त्यसम्ममा खोप आउने आशा गर्न सकिने बताउनु भएको हो । हाल नौ वटा खोप परीक्षणको चरणमा रहेका छन् । विश्व स्वास्थ्य संगठनको कोभाक्स ग्लोबल भ्याक्सिन सेवाले सन् २०२१ को अन्त्यसम्म दुई अर्ब खोप वितरण गर्ने लक्ष्य राखेको छ । दुई दिनसम्म चलेको परिषद्को बैठकमा जर्मनी, बेलायत र अष्ट्रेलियाबाट राष्ट्र संघीय निकाय स्वास्थ्य संगठनलाई अझै सशक्त बनाउनुपर्ने गुनासो आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *