काठमाण्डौ १६ भाद्र
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २—२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । पर्सामा ५३, ८० र ६० वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षिया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षिय, बारामा ६० वर्षिय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।आज १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट १२ हजार ८८ वटा परीक्षण भएकोमा आज ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण देखिएको हो । देशभरी आजसम्म ४० हजार ५ सय २९ जनामा संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन । देशभरी १ सय २७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन । ७ सय ६८ जना संक्रमित आज डिस्चार्ज भएका छन । क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन ।