Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कोरोना कहरका कारण ग्राहक नआएपछि व्यपारीलाई समस्या

कोरोना कहरका कारण ग्राहक नआएपछि व्यपारीलाई समस्या

तेह्रथुम ७ कार्तिक

दशैले झ्याप्पै छोपिसक्यो । विगतका वर्षहरुमा अहिलेसम्म तेह्रथुमको म्याङलुङ बजारमा चहलपहल ह्वात्तै बढेको हुन्थ्यो । पसहलहरुमा भीडभाड देखिनथ्यो । पसलेलाई सामान बेच्न भ्याइ नभ्याइ हुन्थ्यो । ग्राहकहरु पनि ठेलमठेल गरेर सामान किन्थे । तर, अहिले दृश्य फेरिएको छ । पसलहरु सुनसान जस्तै छन् । कोरोना कहरका कारण ग्राहक नआएपछि व्यपारीलाई समस्या परेको छ । कोरोना कहरको कारण दशै आमनेपालीको घरभित्र पसिसक्दा पनि तेह्रथुमको म्याङलुङ बजारमा खासै चहलपहल छैन । अघिल्ला बर्षहरुमा दशै आउन एकमहिना अघिबाटै किनकेल गर्ने तथा पसलमा सामान अर्डर गर्नेको भिड लाग्ने गरेको थियो । तर यसपटक पहिलाको जस्तो व्यापार नभएको व्यवसायीको भनाइ छ । कोरोनाको भयका कारण यस बर्ष ग्राहकको अनिकाल लागेको र दशै आइसक्दा पनि व्यापार नभएको किराना पसल व्यवसायी रीता रेग्मीले बताउनुभयो । विगतका वर्षहरुमा भन्दा यस बर्ष ५० प्रतिशत कम ग्राहक आइरहेको ब्यापारीहरुको भनाइ छ । बजारमा चहलपहल कम हुँदा ब्यापारमा पनि कमी आएको बरिबेताल फेन्सी पसलका सञ्चालक रुपक सुवेदीले बताउनुभयो । दशैको मुखमा बजारमा चहलपहल नहुदा गाँउघर पनि सुनसान नै छन् । सदाको बर्षमा बाटोघाटो सरसफाई गर्ने, पिङ हाल्ने जस्ता कार्यहरु यसबर्ष भएका छैनन् । हरेक बर्षको दशैमा ठुलो परिमाणमा खर्च हुने गरे पनि यसपटक खासै किनमेल नगरेको स्थानीयबासी प्रबिण शंकरले बताउनुभयो । व्यापारीहरु मारमा परिरहँदा सरकारले भने अझैसम्म राहतका प्याकेजहरु ल्याउन सकेको छैन । व्यापारमा घाटा भएकाहरुलाई कसरी उथ्थान गर्ने भन्ने बारे पनि सरकार गम्भिर नभएको व्यापारीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *