Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै

कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै

सुनसरी २६ असोज

कोरोनाको कहरका बीच सूचारु भएका सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्दै गएको छ ।
बढ्दो भिडले कोरोनाको जोखिम थप बढाएको छ । स्वास्थ्य सावधानी अपनाएर सेवा प्रवाह गर्न सरकारले दिएको निर्देशन वमोजिम कार्यालयका काम सूचारु भएपछि सेवाग्राहीको भिड बढ्न थालेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा पछिल्लो समय नागरिकता, पासपोर्ट बनाउने सेवाग्राहीको अनियन्त्रित भिड बढेको छ । लामो समयदेखि कार्यालय बन्द हुदा नागरिकता,पासपोर्ट लगायत महत्वपूणर््ा कागजात बनाउन नपाएपछि अहिले कार्यालय आउदा यस्तो भिड बढेको सेवाग्राहीहरुले बताएका छन । जिल्लामा पछिल्लो समय हरेक दिन कोरोना संक्रमितको सख्या बढ्दै गएपनि सेवाग्राही र प्रशासनले उचित सावधानी नअपनाउदा कोरोनाको जोखिम थप बढिरहेको छ । प्रशासनले सामाजिक दूरी कायम राखी सेवा लिन आग्रह गरेपनि उल्लेखीय सख्यामा रहेका सेवाग्राहीले सामाजिक दूरी र स्वास्थ्य सावधानीको चरम उल्लघन गरेको देखिएको छ । प्रशासनले अब भने सेवाप्रवाहमा सामाजिक दूरी र स्वास्थ्य सावधानी अनिवार्य गरेको जनाएको छ । आज मात्रै इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७ सहित सुनसरीमा ९७ संक्रमित थपिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *