Sunday, November 24, 2024
Home > अन्तराष्ट्रिय समाचार > कोरानाका कारण भारत उत्तर प्रदेशका मन्त्रीको निधन

कोरानाका कारण भारत उत्तर प्रदेशका मन्त्रीको निधन

एजेन्सी । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ ।

७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उहाँका भाइ पुष्पेन्द्रले पुष्टि गर्नुभएको छ । चौहानको गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार हुँदै आएको थियो । उहाँको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटर र मेहनती राजनेताको रुपमा स्मरण गर्नुभएको छ । चौहानको अन्त्येष्टि भोली हुने जनाइएको छ । पूर्वभारतीय क्रिकेटरसमेत रहनुभएका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *