Saturday, January 18, 2025
Home > आर्थिक समाचार > कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प हुदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा

कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प हुदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा

काठमाण्डौ १५ भाद्र

कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैतयता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको बताउनुभयो । अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको बताउनुभयो । उहाँले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताउनुभयो । ठमेलभित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिदा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको बताउनुभयो । उपत्यकामा फेरी निषेधाज्ञा जारी भएपछि भने अभैm लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताउनुभयो । काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ । त्यसैपनि ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो । अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएका कारण पर्यटकहरु आउने अवस्था पनि छैन् । पर्यटक नआउँदा सम्म ठमेलको व्यापार शुन्य नै हुन्छ । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन । त्यसैले ठमेलको व्यापार पूर्णरुपमा पर्यटनमा आधारित छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए । ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् । व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँभन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ । ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकलन, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *