Saturday, January 18, 2025
Home > Uncategorized > कृषि योग्य जमिनको कित्ता काट खोल्न सरकारको निर्णय कार्यन्वयन गर्न माग गर्दै मोरङका घर जग्गा व्यवसायी आन्दोलीत

कृषि योग्य जमिनको कित्ता काट खोल्न सरकारको निर्णय कार्यन्वयन गर्न माग गर्दै मोरङका घर जग्गा व्यवसायी आन्दोलीत

बिराटनगर २७ भाद्र
मोरङका घर जग्गा व्यवसायीहरुले चरणबद्ध आन्दोलन सुरू गरेका छन् ।
सरकारले कृषि योग्य जमिनको कित्ता काट खोल्न गरेको निर्णय मालपोत र नापी कार्यालयहरूले कार्यन्वयन नगरेको आरोप लगाउदै व्यवसायीहरूले आन्दोलन सुरु गरेका हुन् । हिजो मोरङका घर जग्गा व्यवसायीहरुले आन्दोलन स्वरुप मालपोत कार्यालय विराटनगरको मुल गेट एक घण्टा बन्द गरेका छन । हिजो एक घण्टा मालपोतको काम बन्द गरे पनि आइतबार देखि कित्ताकाट सेवा सुरू नभए अनिश्चितकालका लागि कार्यालयको काम रोकेर व्यवसायी आन्दोलनमा उत्रने घरजग्गा व्यवसायी संघ मोरङका अध्यक्ष घनश्याम पोखरेलले बताउनुभयो ।  भू–उपयोग निति जारी भई भू–उपयोग नक्सा तथा डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी र हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभागमार्फत मातहत कार्यलहरुमा निर्देशन दिने भनि गरेको पत्राचारले अहिले जग्गाको कित्ताकाट गर्न गराउन कुनै बाधा नरहेको पोखरेलको दावी छ । भूमि व्यवस्था मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट कृषि जन्य जग्गाको कित्ताकाट फुकुवा गरेको थियो । मन्त्रालयल र विभागले संयुक्तरुपमा मातहत कार्यालयलाई पठाएको पत्रमा कृषि योग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरू वदर भएको उल्लेख छ । तर, सोहि पत्रमा भू उपयोग निती जारी भई भू उपयोग नक्सा तयार गरी स्थानिय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुनेगरी हाललाई भू उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाट खुलाउने व्यवस्था गर्न कार्यालयहरूलाई निर्देशन दिइएको छ । मन्त्रालय र विभागले पत्रमा स्पष्ट रुपमा कित्ताकाट खुलाउने नभनि भू उपयोग ऐनलाई पनि जोडेको र स्थानिय तहलाई भू उपयोग नक्सा उपलब्ध गराए पछि त्यसका आधारमा भनिएका कारण मालपोत र नापी कार्यालयहरू कित्ताकाट सेवा सुरू गर्ने कि नगर्ने भन्ने अन्यौलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *