Saturday, January 18, 2025
Home > आर्थिक समाचार > कृषि क्षेत्रमा मिक्लाजुङ गाउँपालिकाको लगानी

कृषि क्षेत्रमा मिक्लाजुङ गाउँपालिकाको लगानी

मोरङको मिक्लाजुङ गाउँपालिकाले कृषिलाई व्यवसायिक बनाउने अभियान सञ्चालन गरेको छ । जसका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई मात्र सवा करोड बढी बजेट छुट्याएर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मिक्लाजुङ गाउँपालिकाले ९ वटै वडालाई विभिन्न कृषि उपजको पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा ल्याएर काम गरिरहेको छ । जस अन्तरगत कृषकहरुलाई विभिन्न तालिम प्रदान गर्ने, विऊ विजन वितरण गर्ने तथा अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षमा १ करोड २५ लाख रुपैयाँ बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिका सँग–सँगै वडाहरुले समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । वडाहरुले कृषि क्षेत्रलाई अझ व्यवसायीक बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । सोही अनुसार मिक्लाजुङ वडा नम्बर ८ ले समेत कृषकहरुका लागि अनुदान लगायतका कार्यक्रममा ठूलो रकम खर्च गर्दै आएको छ ।  गाउँपालिका र वडाले समेत कृषि क्षेत्रमा लगानी बढाएपछि कृषकहरु पनि उत्साहित भएका छन । परम्परागत रुपमा खेतबारीमा मजदुरी गरेर जिविको पार्जन गर्दै आएका स्थानीयबासी अहिले व्यवसायीक कृषिमा लागेका छन् । प्रदेश र केन्द्र सरकारबाट आफुहरुले सोचेजस्तो सहयोग नपाएपनि स्थानीय सरकारले सक्दो सहयोग गरेको उनीहरु बताउँछन् । अब उत्पादित बस्तुको बजारीकरण र प्राविधिक औजारमा सहयोग पाए कृषि क्षेत्रबाट प्रशस्त लाभ लिनसकिने स्थानीय कृषक लालबहादुर गिरीको भनाइ छ ।

गाउँपालिकालाई समृद्ध बनाउन कृषि र पर्यटनलाई अगाडी बढाउँदै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र रहेका ९ वटा वडालाई ९ किसिमकै कृषि उपजको पकेट क्षेत्र बनाउन बजेट उपलब्ध गराई कृषिलाई अगाडी बढाउँदै लैजाने गाउँपालिककाको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *