बिराटनगर ९ असोज
कृषि मन्त्री घनश्याम भुषालले कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । विराटनगर स्थित नेकपाको पार्टी कार्यालयको सभाहलमा संचारकर्मीसँगको कुराकानीमा कृषि मन्त्री भुषालले कृषकका समस्यामाथि सरकार संवेदनशीलप रहेको बताउनुभयो । उहाँले आउदा दिनमा कृषकहरुका लागि मल, विउ बिजनमा कुनै प्रकारको कमी हुन नदिने बताउनुभयो । भुषालले कृषकहरुको गुनासोलाई मध्यनजर गर्दै अगामी दिनमा कृषकहरुका लागि प्रभावकारी कृषि योजना अगाडी सारेको बताउनुभयो । उहाँले यसपटक भने कृषक वास्तममै मारमा परेको स्वीकार गर्नु भयो । नेकपाका नेता कार्यकर्तासँगको अन्तरक्रियामा सहभागि हुन आउनु भएका मन्त्री भुषालसँग पार्टी मोरङका सभापति ऋषिकेश पोखरेल, महेश रेग्मी, लगायतका नेताहरुले यस क्षेत्रका कृषकका समस्याका बारेमा अवगत गराउनु भएको थियो ।