Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कुटपिटमा संम्लग्न भएकालाई तत्काल कारबाही गर्न मार्गदै सर्जिकल व्यवसायीहरु आन्दोलित

कुटपिटमा संम्लग्न भएकालाई तत्काल कारबाही गर्न मार्गदै सर्जिकल व्यवसायीहरु आन्दोलित

काठमाण्डौ १७ भाद्र
सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् ।
सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए । सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफुमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताउनुभयो । दिउसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समुहले कुटपिट गरेको उहाँले बताउनुभयो ।  व्यवसायीहरुले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिले सम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताए । सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्नुभयो ।
व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावस्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताउनुभयो । व्यवसायी माथि भएको कुटपिटको विरोध जनाउन एकठाउँमा भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ । प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावस्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने बताएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *