Saturday, January 18, 2025
Home > आर्थिक समाचार > काठमाडौंको सोल्टी होटलमा ज्वेलरी एक्स्पो सुरु

काठमाडौंको सोल्टी होटलमा ज्वेलरी एक्स्पो सुरु

नेपाल रत्न तथा आभूषण संघको आयोजनामा तेस्रो ज्वेलरी एक्स्पो सुरु भएको छ ।

शनिबारबाट काठमाडौंको सोल्टी होटलमा दुई दिने एक्स्पो सुरु भएको हो । नेपालको गहना व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले मेला आयोजना भएको हो । ट्रेडिसनल गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने माध्यमका रुपमा एक्स्पोलाई प्रयोग गर्न सकिने र अन्तर्राष्ट्रिस्तरका गहना नेपालमै उत्पादन भएर प्रयोग हुन्छन् भन्ने सन्देश दिन पनि एक्स्पोले सहयोग गर्ने आयोजकले जनाएको छ । २४ वटा स्टल रहेको एक्स्पोमा २० करोड बराबरको कारोबार हुने अपेक्षा गरीएको नेपाल रत्न तथा आभूषण संघका सदस्य महेशमान श्रेष्ठले बताउनुभयो । संघका प्रथम उपाध्यक्ष सुमनमान ताम्राकारले एउटै छानामुनि विभिन्न उत्पादनहरु हेर्न पाइने, ग्राहकहरुले आफुलाई मन लागेको डिजाइन र आफ्नो मुल्य अनुसारको गहना किन्न पाउँने बताउनुभयो । एक्स्पोको उद्दघाटनपछि बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पहिले नेपाल कृषिमा आत्म निर्भर रहेपनि अहिले आयात गर्नुपर्ने आवस्था आएको बताउनुभएको छ । युवाहरु अहिले सबै विदेशीएका कारण कृषि उत्पादनमा कमि आएको उहाँको भनाई छ । मन्त्री भट्टले देशमा थुप्रै बहुमूल्य पत्थरहरु रहेको र त्यसको पहिचान गर्दै आर्थिक समृद्धिको अंग बनाउन पनि आग्रह गर्नुभयो ।

व्यापारघाटा कम गर्ने र निर्यात बढाउने सवालमा सरकारले गर्ने काम र कुराहरुमा केही समस्या नहुने भट्टले बताउनुभयो । आत्मनिर्भर कसरी बन्ने भन्नेमा केही समस्या आए आफुलाई सिधै फोन गर्न पनि मन्त्री भट्टले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *