मोरङ २४ असोज
कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश मोहम्मद जुनैद हिजोादको संयुक्त इजालशले यादवलाई १ लाख रुपैयाँ धरौटिमा छोड्न आदेश दिएको हो । विराटनगर–१४ जतुवाका ५५ वर्षिय सेमानन्द यादवको कुटपिटपछि मृत्यु भएपछि २०७६ माघ २४ गते मोरङ जिल्ला अदालतलले वडाअध्यक्ष यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा गएपछि यादव र विराटनगर–१८ का वडाअध्यक्ष सन्जय साहले मुलुकी फैजदारी कार्यविधीको ७३ नम्बर उच्च अदालत गरेका थिए । वादी र प्रतिवादीको बहस भएपछि उच्च अदालतले जहदाका वडाअध्यक्ष यदावलाई १ लाख धरौटि र विराटनगर १८ का वडाअध्यक्ष साहलाई मोरङ अदालतको आदेशलाई सदर गरेको उच्च अदालत विराटनगरले जनाएको छ । हत्या आरोप लागेसँगै गत असारमा तीन जना वडाअध्यक्षसहित १० जना फरार थिए । फरार भएका मध्ये यादव लकडाउनको समयमा अदालतमा हाजिर भएका थिए । विवाहको विषयमा विवाद हुँदा गत वर्ष जेठ ३२ मा विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा सोही ठाउँका समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट घाइते यादवको २०७६ असार २६ गते कोशी अस्पतालमा मृत्यु भएको थियो । यादवको मृत्यु भएपछि हत्यामा संलग्न भएको आरोप लागेका तीन वडाध्यक्षसहित १० जना भारततर्फ फरार भएका थिए । सो मुद्दामा अन्य सात जना प्रतिवादी अझै फरार छन । उच्च अदालतमा पेशी चढेपछि पीडित परिवारले प्रतिवादीहरूलाई जिल्लाको आदेश सदर गर्न माग राख्दै अदालत अगाडि सडकमा लामबद्ध भएका थिए ।