कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै हिजो पार्टीका १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहसमक्ष बुझाएका छन् । अविश्वासको प्रस्तावमा कर्णाली प्रदेशका प्रदेश सभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सभाकी उपसभामुख पुष्पा घर्तीमगरलगायतले हस्ताक्षर गरेको छन् । अविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसद यमलाल कँडेलले पत्रकारहरुसँग कुराकानी गर्दै संसदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टी र सरकारको कामकारबाही फितलो भएकोले अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभयो । हस्ताक्षर गर्ने सांसदमा पूर्व एमालेका १५ जना र पूर्व माओवादीका ३ जना हुन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद छन् ।
Home > राष्ट्रिय समाचार > कर्णाली प्रदेशका मुख्यमन्त्री ा महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता