Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दावी

कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको दावी

काठमाण्डौ २४ कात्तिक
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताउनुभएको छ । पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचारबाहेक केहीपनि दिन नसकेको बताउनुभयो । गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिलेपनि झण्डै दुई तिहाईको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो । पहिलो संविधानसभामा जनताले म्यान्डेड दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेडविपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको बताउनुभयो । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सकेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदा समेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताउनुभयो । प्रधानमन्त्रीले आफुले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरुमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको बताउनुभयो । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौं भन्दै पछि हटेको समेत बताउनुभयो । सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताउनुभयो ।
सरकारले संघीयताको भावना विपरित एकपछि अर्को काम गरिराखेको आरोप समेत नेता सिंहले लगाउनुभएको छ । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरेपनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाईको रुपमा प्रदेश र स्थानीय तहलाई लिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *