Saturday, January 18, 2025
Home > मुख्य समाचार > कपिलवस्तुको बुद्धुभुमि नगरपालिकाका तीन गाउँमा पिउने पानीको हाहाकार

कपिलवस्तुको बुद्धुभुमि नगरपालिकाका तीन गाउँमा पिउने पानीको हाहाकार

कपिलबस्तु २७ भाद्र
सरकार तथा स्वास्थ्यविद्हरुले कोरोनाको संक्रमणबाट बच्न मास्क लगाउन तथा बाराम्बार सावुन पानीले हात धुन हरेक दिनजसो आग्रह गरिरहेका छन । तर कपिलवस्तुको बुद्धुभुमि नगरपालिकाका तीन गाउँमा भने हात धुने तथा सफा सुग्घर गर्न त परै जाओस पिउनसमेत पानीको हाहाकार भएको छ । दुई साता यता चापाकलबाट पानी आउन छाडेपछि तीन गाउँका १ सय २५ बढी परिवार गाउँ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन । देउपुरा, लोहरौली र पिप्रहवा लोहरौलीको नयाँ बस्ती टोलमा अहिले पानीको चरम अभाव छ । १० नम्बर वडाको गाउँ नजिकै सिँचाइको नाममा सोनु ईट्टा उद्योगले ठूलो बोरिङ संचालन गरेपछि गाउँमा रहेको नलमा पानी आउन छाडेको गाउँलेहरुले बताएका छन । भूमिगत जल सिँचाइ विकास डिभिजन लमही दाङको सहयोगमा २०७५ सालमा त्याहा बोरिङ जडान गरिएको थियो । त्यही बोरिङ दिनरात चलाउदा मुहान सुक्ने समस्या आएको स्थानीयले बताएका छन । देउपुराका ८२ वर्षे वृद्ध फुलचन्द केवटले दुई साता यता नलमा पानी नआउदा पिउने पानीको समेत अभाव भएको दुःखेसो पाख्नुभयो । पानीको अभावले मानिस, पशुचौपाया मात्र होईन तरकारी खेतीमा समेत प्रभाव परेको उमेश केवटले बताउनुभयो । आफूहरुले बोरिङ नचाउन आग्रह गर्दा अटेरी गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । यसबारे उजुरी गरेपछि सिँचाइको टोलीले स्थलगत निरीक्षण गरेपछि खानेपानीको मुहान सुकेको प्रतिबेदन २०७५ असोज २१ गते दिएको थियो । सोही आधारमा दैनिक ३ घन्टा भन्दा बढी बोरिङ नचलाउन निर्देशन पनि दिइएको थियो । तर सो निर्णयको भने पालना नभएको स्थानीयले बताएका छन । गाउँमा खानेपानीको हाहाकारका विषयमा नगरपालिकमा जानकारी गराएपनि बुद्धुभुमी नगरपालिका मेयर केशव श्रेष्ठले यस विषयमा तत्कालै ठोस कदम चालिने बताएपनि बोरिङ अहिलेसम्म बन्द हुन सकेको छैन । कलमा पानी नआउदा एक साता देखि नुहाउन समेत नपाएको स्थानीयका भनाइ छ । पानीको अभावमा लुगा धुन, शोचालय जान तथा घरमा रहेका चौपायाहरुले समेत पानी खान नपाएको स्थानीयले बताएका छन । हात बाल्टी बोकेर लुगा धुन हिड्नु भएकी स्थानीय इन्द्रावती केवटले नलमा पानी नै आउन छाडेपछि आफूहरुले अहिलेसम्मै नभोगेको दुःख भोग्नुपरेको गुनासो गर्नुभयो । पानीको अभावमा तीन गाँउका स्थानीय पोखरीमा नुहाउन बाध्य छन भने खानेपानीका लागि डेढ किलोमिटर पैदल हिड्नुपर्ने अवस्था छ । यस्तै घरमा शौचालय भएर पनि पानी नभएपछि खोला तथा जंगलमा स्थानीयले शौच गर्नुपर्ने विवशता रहेको छ । तीन तहको सरकार आएपछि विकासका ठूलाठूला कुरा गरिएपनि कपिलवस्तुका जनताले यतिबेला पानी समेत खान पाईरहेका छैनन् । कपिलवस्तुको बुद्धुभुमि नगरपालिकाका तीन गाउँका स्थानीयको काकाकुलको अवस्था अन्त्य गर्न सरोकारवालाको ध्यान पुगोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *