Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईयो

ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईयो

कपिलवस्तु १२ असोज
राजकुमार सिद्धार्थले राजप्रसाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा कोरोना भाइरस संक्रमणले थलिएको नेपालको पर्यटन अब पर्यटकका लागि स्वागत गर्न तयार रहेको सन्देश दिदैै गए मध्यराति १२ बजे राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाइयो । तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पुर्वी द्वारबाट दरबार छाडेको देखाइएको थियो । ओलम्पियन बैकुण्ठ मानन्धरले पिस टर्च देखाउँदै सिंगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाड्दै गरेको दृष्य निक्कै रोमाञ्चक बनेको थियो । वुद्धिष्ट सरकिटस् डटकमले कपिलवस्तुको पर्यटन प्रबद्र्धन गरि नयाँ पर्यटकीय गन्तब्यको विकास गर्न दिवश मनाउन सुरु गरेको हो । २ हजार ६ सय ४४ वर्षपछि गृह त्याग गरेको घटना स्मरण गर्दै देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *