Saturday, January 18, 2025
Home > मुख्य समाचार > एटिएमबाट निस्किने नोट डिसइन्फेक्सन गर्ने मेसिन बजारमा

एटिएमबाट निस्किने नोट डिसइन्फेक्सन गर्ने मेसिन बजारमा

काठमाण्डौ १ असोज
कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा (रुपैयाँको नोट) डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । हिजो सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानीबाहेक अन्य घरायसी सामग्रीहरु पनि डिस इन्फेक्सन गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताउनुभयो । ३० सेकेण्डदेखी ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उहाँले बताउनुभयो । मेसिनको न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक भएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसालगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *